Section 49
पुनरावलोकन समिति समक्ष निवेदन दिन सकिने
बोलपत्रदाता वा प्रस्तावदाताले देहायको अवस्थामा पुनरावलोकनको लागि पुनरावलोकन समिति समक्ष निवेदन दिन सक्नेछः–
(क) दफा ४७ बमोजिम सार्वजनिक निकाय समक्ष दिएकोे निवेदन तोकिएको रकमभन्दा बढी रकमको खरिद कारबाहीको सम्बन्धमा भई त्यस्तो निकायका प्रमुखले सो निवेदनका सम्बन्धमा सोही दफाको उपदफा (६) मा उल्ेिलखित अवधिभित्र निर्णय नदिएमा वा निजले दिएको निर्णयमा निवेदनकर्ताको चित्तनबुझेमा,
(ख) दफा ५२ बमोजिम भएको खरिद सम्झौताको विषयमा ।